FAQs Complain Problems

ग्यालरी

वारागुङ मुक्तिक्षेत्र  गाउँपालिकाको आयोजनामा मिति २०७५/१२/३० गते देखि कर्मचारी प्रशिक्षण कार्यक्रम सुरु भएको छ । बजेट तर्जुमा,   योजना तर्जुमा,  कार्यान्वयन तथा फरफारक लगायतका बिषयमा वडा तथा गाउँपालिकाका कर्मचारीलाई प्रशिक्षण दिइने छ ।

मिति: 04/13/2019 - 18:46
, , ,

गण्डकी प्रदेशका मुख्य मन्त्री माननीय पृथ्बी शुब्बा गुरुङ ज्यू द्वारा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा अवस्थित छेंगुरमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर साथैगाउँपालिकाको केन्द्र कागबेनी स्थलगत अवलोकन गर्दाका झलकहरु।मुस्ताङ जिल्ला र समग्र देशकै गरिमा बोक्ने सम्भावना रहेको यो ट्रेनिङ सेन्टर समयमै बनोस साथसाथै यो भ्रमण वारागुङ बासीको लागि बिकासको कोशेढुङगा बन्न सकोस ।

मिति: 04/08/2019 - 22:36
, , , ,

प्रबिधिको प्रयोग संगै शुसासन कायम गर्दै जनतालाई छिटो छरितो र सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले  गाउँपालिकाको मोबाइल एप लन्च गरिएको छ।अब घरमै बसि बसि गाउँपालिकाले प्रदान गर्ने सेवा,आवश्यक कागजात र प्रकृया,योजना तथा कार्यक्रम,सुचना समाचार,आपतकालिन नम्बर,जनप्रतिनिधी तथा कर्मचारीको फोटो सहितको सम्पर्क विवरण,वडाको प्रोफाइल,महत्वपुर्ण स्थान,गुनासो तथा समस्या दर्ता जस्ता विभिन्न सेवा तथा जानकारी लिन सकिने छ।

मिति: 10/22/2018 - 13:38

Pages