FAQs Complain Problems

सूचना तथा समाचार

मुक्तिनाथ मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ब्यबस्थापन,जिल्ला प्रशासन कार्यालयको समन्वय,जिल्ला स्थित सुरक्षा निकायहरु,पत्रकार महासंघ,स्थानीय क्लब लगायत बुद्धिजीवी तथा भद्रभलादमीको सक्रिय सहभागीतामा मिति २०७५/०८/०१ गते मुक्तिनाथ मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न ।

क्षयरोग माइक्रोस्कोपी क्याम्प संचालन हुने सम्बन्धि सूचना

वारागुङ मुक्तिक्षेत्र  गाउँपालिकाको आयोजनामा संचालन हुन गइरहेको  क्षयरोग माइक्रोस्कोपी   क्याम्पको बिस्तृत विवरण यसैसाथ संलग्न छ ।

 

ठेक्का प्रक्रियाबाट कृषिजन्य निकासी कर संकलनको अत्यन्त जरुरी सूचना

यस गाउँपालिकाबाट निकासी भै जाने कृषिजन्य उत्पादनको कर ठेक्का प्रक्रियाबाट उठाउनको लागि संगैको सूचना हेर्नुहोला |बिस्तृत जानकारीको लागि कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ |

मौजुदा सुची दर्ता गराउने बारेको सूचना

यस कार्यालयको लागि आवश्यक सामान तथा सेवा उपलब्ध गराउन सकिने दर रेट सहित सुची उपलब्ध गराउनुहुन कम्पनी,प्रा.लि.,फर्म,व्यक्ति वा संस्थालाई सुचित गरिन्छ |बिस्तृत जानकारीको लागि संगैको सूचना हेर्नुहोला |साथै यो सूचना मिति २०७५/०४/०३ गतेको समाधान राष्ट्रिय दैनिकमा समेत प्रकाशित गरिएको छ |

आर्थिक वर्ष २०७५/०७६ को लागि पेश भएको बजेट सम्बन्धमा

आर्थिक वर्ष २०७५/०७६ को अनुमानित चालु,पुँजीगत बजेट तथा आन्तरिक आयको विवरण यसैसाथ संलग्न छ |

करार सेवामा आवेदनको लागी म्याद थप सम्बन्धि सूचना

वारागुङ मुक्तिक्षेत्र  गाउँपालिका २ नम्बर वडा कार्यालयमा रिक्त रहेको  कार्यालय   सहयोगी पदको लागी यहि मिति २०७४/१२/२८  गते सूचना   प्रकाशित     मितिले सात दिनभित्र आवेदन  पेश गर्नुपर्ने उल्लेख भएकोमा २०७५/०१/१२ सम्मको लागी म्याद थप गरिएको व्यहोरा सुचित गरिन्छ | 

दस्तावेज: 

Pages